Skin_Hospital_Dhn

भित्रियो नेपाल मेटाको आधिकारिक बिक्रेता, नेपाली रुपैयाँमै फेसबुकको विज्ञापन दिन पाइने

धनगढी ।

फेसबुकको मातृ कम्पनी मेटाले (एचटीटी पुल बाई एलेफ) (Httpool by Aleph) लाई नेपालमा आधिकारिक बिक्रेताको रूपमा नियुक्त गरेको छ । योसँगै(एचटीटी पुल बाई एलेफ)ले स्थानीय विज्ञापनकर्ता तथा एजेन्सीलाई आफ्नो व्यापार विस्तार, आन्तरिक सहायता, रणनीतिक निर्देशनका साथै मेटाका अन्य उत्पादनमा आवश्यक सहयोग उपलब्ध गराउने छ ।

विश्वभर मेटाको सेल्स टिमको रूपमा आधिकारिक बिक्रेता रहेका छन् । एचटीटी पुल बाई एलेफको होल्डिङ कम्पनी एलेफ (Aleph) सन् २०१८ देखि मेटाको आधिकारिक बिक्रेताको रूपमा आबद्ध भई काम गर्दै आएको छ ।

यो कम्पनीले अफ्रिका, मध्यपूर्वी यूरोप र एसिया(प्रशान्त क्षेत्रसहित विश्वका धेरै क्षेत्रमा स्थानीय टोलीसँग काम गरिरहेको छ ।

ुुनेपालका लागि आधिकारिक बिक्रेताको रूपमा (एचटीटी पूल बाइ एलेफ) ले विज्ञापनकर्ताका लागि आन्तरिक सहायता तथा निर्देशनमा सहयोग पुर्‍याउने छ । कम्पनीका प्रबन्ध निर्देशक सन्नी नागपालले भने, ‘हामी विभिन्न क्षेत्रमा कार्यशाला र तालिम प्रदान गर्दै विज्ञापनकर्तालाई नयाँ सीप सिक्न र मेटाको प्लेटफर्मबाट अधिकतम लाभ लिन सक्षम बनाउने छौँ ।’

कम्पनीका अनुसार देशको आधिकारिक मुद्रा अर्थात् नेपाली रुपैयाँमै बिलिङ सुविधा हुने भएकाले स्थानीय विज्ञापनकर्तालाई सहज हुनेछ ।

सम्बन्धित
Loading...