Skin_Hospital_Dhn

बझाङका एक युवक ९ किलो चरेस सहित कैलालीमा पक्राउ

धनगढी ।

कैलालीमा ९ किलो चरेस सहित एकजना पक्राउ परेका छन् ।
गोदावरी नगरपालिका २ बसपार्कमा रहेको होटल नबिनको कोठा नम्बर १०१ बाट बझाङको दुर्गाथली गा.पा. ७ काडा बस्ने ३६ बर्षका यमराज दौल्याल ९.३४० किलो चरेस सहित पक्राउ परेका हुन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी ,जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय कैलालीको सयुक्त टोलिले बिशेश सूचनाको आधारमा उनलाई मंगलबार साझ ७ः३० बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बेद प्रकाश जोशीले बताए ।

उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा राखी थप अनुसन्धान भईरहेको प्रवक्ता जोशीले बताएका छन् ।

सम्बन्धित
Loading...