चरेशसहित दार्चुलामा एकजना पक्राउ

Gaurishankar Dental

दार्चुला।
लागुऔषध चरेशसहित दार्चुलामा एकजना पक्राउ परेका छन्। जिल्लाको दुँहु गाउँपालिका–४ घर भइ हाल महाकाली नगरपालिका–४ स्थित महादेव खुद्रा पसल संचालन गर्दै आएका ७० वर्षीय बिरसिंह लोथ्याललाई प्रहरीले पक्राउ गरेको हो ।

मंगलबार साँझ बिशेष सूचनाका आधारमा उनको पसल तलासी गर्दा लुकाई राखेको अवस्थामा ३ केजी ८ सय ग्राम चरेश सहित उनलाई पक्राउ गरिएको दार्चुला प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक गोविन्दप्रसाद भण्डारीले मंगलबार साँझ पक्राउ गरिएको जानकारी दिए । अदालतबाट म्याद थपेर उनीमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।

DHN_Aaglagi
सम्बन्धित
Loading...