काठमाडौं।
मन्त्रालय बाँडफाँटका लागि तयारी भएको छ। मन्त्रालय बाँडफाँटका लागि बोलाइएको सत्ता साझेदार दलहरुको बैठक तयारी नपुगेकाले स्थगित भएको नेताहरुले बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै भेट गरेका थिए।
एक नेताका अनुसार मन्त्रालय भागवण्डाको प्रारम्भीक खाका बनेको छ । जसअनुसार गठबन्धनको सबभन्दा ठूलो दल एमालेले ९ देखि १० वटा मन्त्रालय पाउनसक्छ। यद्यपि एमालेको दाबी १२ छ। उसले अर्थ मन्त्रालय लिइसकेको छ भने मन्त्रालय नटुंगिएका कारण एमालेबाट मन्त्री भएका तीन जनाले मन्त्रालय पाएका छैनन्। यस्तै ७ मन्त्रालय दाबी गरेको माओवादीले ५ वटा पाउने सम्भावना छ। माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री भइसकेका छन्।
रास्वपालाई तीन मन्त्री र एक राज्यमन्त्री दिने तयारी छ। रास्वपा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री भइसकेका छन् र रास्वपाको दाबी ५ वटा मन्त्रालयमा छ। एकीकृत समाजवादीलाई २ देखि ३ वटा मन्त्रालय दिएर सरकारमा ल्याउने प्रयास भइरहेको एक नेताले बताए। त्यसो भएमा जसपा र जनमत पार्टीले भने २–२ वटा मत्रालय पाउने सम्भावना रहेको छ । यो समाचार अनलाईन खवरमा छ ।