Skin_Hospital_Dhn

आजको मौसमः ताराइमा बाक्लो हुस्सु, हिमाली भेगमा हिमपमत

धनगढी ।
हाल देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम पूर्वनुमान महाशाखाका अनुसार बिहिबार बिहान तराईमा हुस्सु लागेको छ । दिउँसो प्रदेश १ र सुदूरपश्चिमका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीको अवस्था रहने महाशाखाले जनाएको छ । प्रदेश १ का हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ । प्रदेश १ र सुदूरपश्चिमका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । शुक्रबार पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ भने पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।

सम्बन्धित
Loading...