धनगढी । अब सेती प्रादेशिक अस्पतालमा अब ३ बजे पछि पनि सर्वसुलभ तरिकाले उपचार सेवा प्रदान गरिने भएको छ ।
अस्पतालमा डाक्टरहरु बाहिर जान्छौं भन्ने गुनासो हटाउन एक देखि डेढ हप्ता भित्रै इयाचएस प्रोग्राम (बिस्तारित स्वास्थ सेवा ) जसका माध्यम बाट बाहिर जाने डाक्टरहरु ले भित्रै सेवा दिने सेती प्रादेशिक अस्पतालका अध्यक्ष निर्मल शाहले बताएका छन् ।
२४ घन्टे ईमर्जेन्सी सेवा सहित ३ बजे सम्म अस्पतालले दिने सेवा बढाएर अब ३ बजे पछि पनि सर्वसुलभ तरिकाले उपचार सेवा प्रदान गरिने छ । जसका लागि कार्यबिधि पास गरेर ओपिडि टिकट सहित सफ्टवेयर समेत विकास भएको र नयाँ भवन सुरु हुने बितिकै लागु गर्ने गरी काम अन्तिम चरणमा रहेको उनले बताए ।
यो सङ्गै प्रादेशिक अस्पताललाई शैक्षिक हबका रुपमा समेत विकास , टेक्निकल कलेजलाई विकास गर्ने गरी र सुदूरपश्चिमका आर्थिक हिसाबले कमजोर वर्गका छोराछोरीहरुलाई नियुनतम शुल्कमा पढ्न पाउने वातावरण बनाउन ल्याब , नर्सिङ र फार्मेसीको पढाई सुरु गर्न सिटिईभिटिमा प्रपोजल दर्ता समेत भएको अध्यक्ष शाहले बताए ।