![Skin_Hospital_Dhn](https://nayasandesh.com/wp-content/uploads/2024/06/Skin_Hospital-1.jpg)
देशभर थप १४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ८५८ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २७ पुगेको छ । यही अवधिमा थप १३ हजार ३३८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । कोरोना महामारी सुरु भएयता देशभर १२ हजार १९ जनाले ज्यान गुमाइसकेका छन् ।
![](https://nayasandesh.com/wp-content/uploads/2024/12/WhatsApp-Image-2024-12-03-at-6.39.02-AM.jpeg)