Skin_Hospital_Dhn

धनगढीको सौंनराइ स्क्वायरमा न्यु इएर इभेन्ट २०२३ हुने , चर्चित कलाकारहरुको प्रस्तुति रहने

धनगढी ।
अंग्रेजि नयाँ वर्ष २०२३ को अवसर पारेर सौंराई स्क्वायरमा न्यू इएर इभेन्ट—२०२३ आयोजना हुने भएको छ ।
स्थानीय कलाकारहरूको विशेष प्रस्तुति रहने इभेन्ट नयाँ वर्ष २०२३ भव्यताका साथ मनाउने उद्देश्यका साथ रक स्टार मिडियाले आयोजना गर्न लागेको हो ।

न्यू इएर इभेन्ट—२०२३ मा गायक धीर विक्रम सिंह र कल्पित हमाल (डी.जे.) को विशेष प्रस्तुति रहने छ भने मुख्य आकर्षणमा क्याम्प फायर, रफल कम्पिटीसन, नृत्य प्रस्तुति, सिद्धार्थ अग्रवालको साथमा लाइभ म्युजिक, धनगढी रेकर्ड र्यापरहरु र बिन्दास मोडल सदिक्षा चौधरी र मनीषा सिंहको प्रस्तुति रहने छ ।

कार्यक्रमलाई नेपाल आइसले मुख्य प्रायोजन गरेको छ भने सह प्रायोजक जुरीक भोड्का, ओल्ड मोंक रम र द हिमालयन रिजर्भले गरेका छन् र हस्पिटालीटी पार्टनर सौंराई रेस्टुरेन्ट एण्ड बार रहेको छ ।

उक्त इभेन्टमा टिकट रकम रु ५०० रहेको छ ।

 

सम्बन्धित
Loading...