आजको मौसम

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भू—भागमा आंशिक देखि सामान्य बदली रही तराईका केही भू—भागहरुमा हुस्सु तथा कुहिरो लागेको छ भने बाँकी भू—भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशको पहाडी भू—भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू—भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू—भागका एक—दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका हिमाली भू—भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

रातिको समयमा भने देशको पहाडी भू—भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू—भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। शनिबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू—भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशका पहाडी भू—भागमा आंशिक बदली रही बाँकी भू—भागमा मौसम सामान्यतया सफा रहनेछ।

आइतबार देशको पहाडी भू—भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू—भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

सम्बन्धित
Loading...