Skin_Hospital_Dhn

आज सुदूरपश्चिम प्रदेश सभा सदस्यले शपथ लिँदै

धनगढी ।

सुदूरपश्चिमका प्रदेश सभाका सदस्यहरूले आज शुक्रवार पद तथा गोपनीयताको शपथ लिँदैछन्। सुरुमा प्रदेश सभाका ज्येष्ठ सदस्य, ६८ वर्षीय मानबहादुर रावलले शपथ लिने कार्यक्रम छ।

रावलले प्रदेश प्रमुख देवराज जोशीबाट शपथ लिएपछि दिउँसो साढे १ बजे प्रदेशसभा भवनमा अन्य ५२ जना प्रदेश सभा सदस्यहरुको शपथ हुनेछ। प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले शपथ ग्रहणका लागि आवश्यक सबै तयारी पूरा भइसकेको जानकारी दिए।

प्रदेश सभाका ६ जना सांसद्‌ले मातृभाषामा शपथका लागि नाम टिपाएका छन्। नागरिक उन्मुक्ति पार्टीका ५ जना र नेपाली कांग्रेसकी सांसद् गीता चौधरीले मातृ भाषामा शपथ लिन नाम टिपाएका छन्। अन्य सबै सांसद्‌ले नेपाली भाषामा नै शपथ लिने जनाइएको छ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १९ सांसद् छन्। यस्तै, माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ३, राप्रपाका १ र स्वतन्त्र १ जना सांसद् छन् ।

सम्बन्धित
Loading...