नयाँ कमेडीयनका लागी खुसीको खबर, ११ जनवरी देखि कमेडी च्याम्पियन—३ को अडिसन हुने

काठमाडौं ।
कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ को तेश्रो सिजनको अडिसन जनवरी ११ का दिनदेखि शुरु हुने भएको छ ।

जनवरी ११ देखि जनवरी ३० सम्म सहभागी हुन चाहने प्रतिस्पर्धीहरुले अडिसन दिन सक्ने निर्देशक विशाल भण्डारीले जानकारी दिएका छन् ।

Dhangadhi_Sub-Metropolitan City Suvakamana 2081

सहभागी हुन चाहने प्रतिस्पर्धीले पे वेल एप डाउनलोड गरेर आफ्नो भिडियो पठाउन सक्नेछन् । भिडियोको लम्बाई ५ मिनेटसम्मको हुनसक्ने आयोजकले बताएको छ ।

Gaurishankar Dental

हाँस्य क्षेत्रमा केही नयाँ गर्न चाहनेहरुका लागि यो शो सर्वाधिक सफल मानिन्छ । यही शोबाट देशले नयाँ—नयाँ कमेडियनहरु पाएको छ ।

‘कमेडी च्याम्पियन’ को पहिलो सिजन हिमेश पन्तले जितेका थिए भने दोश्रो सिजन भरतमणी पौडेलले जितेका थिए ।

आयोजकले भिडियो प्राप्त गरेपछि उत्कृष्टलाई छनोट गरेर फिजिकल अडिसनमा सहभागी गराउनेछ ।

थ्रि प्रोडक्शनले यो शोको निर्माण गर्दै आएको छ ।

DHN_Aaglagi
सम्बन्धित
Loading...