अत्तरिया–मोहनापुल ६ लेन सडकको गोदावरी क्षेत्रको डिभाइडरको घाँस मिलाउने काम सुरु

धनगढीः अत्तरिया–मोहनापुल ६ लेन सडकअन्तर्गत गोदावरी नगरपालिका क्षेत्रमा डिभाइडरमा रहेको घाँस मिलाउने काम सुरु गरिएको छ। नगरक्षेत्र भित्र रहेको डिभाइडरको भागमा मेसिनको माध्यमबाट घाँस काट्ने र मिलाउने काम गोदावरी नगरपालिकाले सुरु गरेको हो।

वर्षाका कारण डिभाइडरको क्षेत्रमा पलाएको घाँस मिलाउन लागिएको नगरप्रमुख विरेन्द्र भट्टको सचिवालयले जनाएको छ। नगरप्रमुखका स्वकिय सचिव दिपिन कुमार साउँदले डिभाइडरमा पलाएको घाँस मिलाउनका लागि नगरपालिकाले ४ जना कर्मचारीहरु राखेको बताए।

साउँदका अनुसार ति कर्मचारीहरुले डिभाइडरको घाँस काट्ने, फोहोरहरु फाल्ने र डिभाइडरमा रोपिएका विरुवा वरपरको बुट्यान उखेल्ने कार्य गर्नेछन्। उक्त कार्य नियमित रुपमा सञ्चालन हुने बताईएको छ।

सम्बन्धित
Loading...