दुई वटा बाघ अछाममा मृत अवस्थामा फेला

अछाम ।
एकै दिन अछाममा दुई वटा बाघ मृत अवस्थामा फेला परेका छन्। हिजो बिहीबार चौरपाटी गाउँको सुकुडा वरपर ती बाघ मृत अवस्थामा फेला परेको बताइएको छ। बिहान चौरपाटी गाउँपालिका २ सुकडा तिल्याडीस्थित भित्री सडक खण्डमा एउटा पाटे बाघ मरेको अवस्थामा फेला परेको थियो ।

Gaurishankar Dental

स्थानीय वडाध्यक्ष रणबहादुर साउदले प्रहरी चौकी सिउडीमा जानकारी गराएपछि प्रहरी घटनास्थल पुगेको थियो। प्रहरी सहायक निरीक्षक अकबर सिंह धामीको कमाण्डमा तीन जना र डिभिजन वन कार्यालय अछामबाट अधिकृत विमल चन्दसहित चार जनाको टोलीले उक्त इलाकामा खोजतलास गर्दा दिउँसो तिल्याडीबाट दुई किलोमिटर टाढाको पूर्णपानीस्थित गहुँबारीमा अर्को पाटे बाघ पनि मृत अवस्थामा फेला परेको हो ।

Dhangadhi_Sub-Metropolitan City Suvakamana 2081

डिभिजन वन कार्यालयको टोलीले साँझ दुई वटै मृत बाघलाई आवश्यक प्रक्रिया पुर्याएर बुझीलिएको छ ।

DHN_Aaglagi
सम्बन्धित
Loading...