आहा रारा गोल्डकपः पुलिसलाई हराउँदै चर्च ब्वाइज क्वाटरफाइनलमा

केहि दिनअघि मात्रै मनाङ मस्र्याङदी क्लव छोडेर चर्च ब्वाइज युनाइटेडमा अनुबन्धित भएका अन्जन विष्ट र अनन्त तामाङको गोलसँगै चर्च ब्वाइज युनाइटेड क्लव पोखरामा जारी आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ ।

Gaurishankar Dental

आहा राराको सर्वाधिक विजेता विभागीय टीम नेपाल पुलिस क्लवलाई २–१ गोल अन्तरले हराउँदै चर्च ब्वाइज क्वाटरफाइनलमा प्रवेश गरेको हो । पुलिसले हालसम्म ६ पटक गोल्डकपको उपाधी जितेको छ ।

Dhangadhi_Sub-Metropolitan City Suvakamana 2081

खेलको २५औं मिनेटमा रवी शंकर पासवानको गोलसँगै अग्रता लिएको पुलिस दोश्रो हाफमा सम्हालिन नसक्दा प्रतियोगिताबाट बाहिरिएको हो । पहिलो हाफ १–० ले पछि परेको चर्च ब्वाइज दोश्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै १–१ को बराबरीमा उक्लियो । ७७ औं मिनेटमा चर्च ब्वाइजका लागि अञ्जन विष्टले पहिलो गोल गरेका हुन् ।

थपिएको अतिरिक्त समयमा अनन्तले थप १ गोल गर्दै चर्च ब्वाइज आहा राराको डेब्यु खेलमै क्वाटरफाइनल प्रवेश गर्न सफल भयो । अतिरिक्त समयको आठौं मिनेटमा पाएको कर्नर किकलाई सदुपयोग गर्दै उनले हेड मार्फत गोल गर्दै टीमलाई जित दिलाएका हुन् ।

DHN_Aaglagi
सम्बन्धित
Loading...