Skin_Hospital_Dhn

नेपाल प्रेस युनियनद्धारा काँग्रेसका नवनिर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्यहरुलाई सम्मान तथा बधाई

धनगढी ।
नेपाल प्रेस युनियन नेपाली काँग्रेसबाट नवनिर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्यहरुलाई बधाई तथा सम्मान कार्यक्रम गरेको छ ।
नेपाल प्रेस युनियन कैलाली शाखाको आयोजनामा धनगढीस्थित विपी स्मृति भवनमा सदस्यहरुलाई बधाई तथा सम्मान कार्यक्रम गरिएको हो । प्रेस युनियन कैलाली अध्यक्ष श्रवण देउवाले प्रदेश सभामा निर्वाचित काँग्रेसका १९ जना सदस्यलाई खादा ओढाएर बधाई तथा सम्मान गरेका थिए । नेपाल प्रेस युनियन कैलालीकी उपाध्यक्ष भावना जोशीले स्वागत गरेको कार्यक्रमको संचालन सचिव सिताराम ओझाले गरेका थिए ।

उक्त अवसरमा नवनिर्वाचित प्रदेश सभा सदस्यहरुले आगामी पाँच वर्षे कार्यकाललाई सफल बनाउन सञ्चारकर्मीहरुको साथ र सहयोग आवश्यक रहेको प्रतिक्रिया दिए । नेपाली काँग्रेसबाट निर्वाचित कैलालीका प्रकाश बमले नेपाली काँग्रेसको नेतृत्व सरकार बनाउने गरि तयारी तथा छलफल भइरहेको बताए । उनले भने ‘अहिले काँग्रेसले समिति गठन नगरेको र छलफल गरेर अघि बढ्ने छौं । प्रतिपक्षी भएपनि सरकारमा गए पनि सबैसंग सहकार्य गरेर अघि बढ्ने छौं ।’

समानुपातितर्फबाट निर्वाचित गिता चौधरीले विगतका कमी कमजोरीलाई सच्याउँदै प्रदेशलाई समृद्ध तर्फ डोहोर्याउने गरि नेपाली काँग्रेसले भुमिका निर्वाह गर्ने बताइन् ।

सम्बन्धित
Loading...