Skin_Hospital_Dhn

कांग्रेसका नेता – कार्यकर्तामा निराशा

कांग्रेसका नेता - कार्यकर्तामा निराशा

धनगढी । शुक्रबार नेपाल प्रेस युनियन कैलाली शाखाले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्ने अधिकांश सांसदहरूले माओवादीले धोका दिएर सत्ता गुमाएको गुनासो गरेका छन् । कार्यक्रममा सहभागि कांग्रेसका नेता कार्यकर्ता प्राय सबै निराश मुद्रामा पनि देखिएका थिए ।
कांग्रेसले केन्द्रसहित सातै प्रदेशमा सत्ता बनाउने मौका गुमाएको छ । जसका कारण कांग्रेसका नेता कार्यकर्तामा निराशा छाएको छ । पोल्टामा आइसकेको सत्ता गुमाउनु परेपछि उनीहरु निराश भएका हुन् । तर प्रदेश सभामा १९ सदस्यसहित कांग्रेस पहिलो दल हो ।
 सुदूरपश्चिममा माओवादी ११ सदस्यसहित दोस्रो, १० सदस्यसहित एमाले तेस्रो दल छ । सात सदस्यसहित नागरिक उन्मुक्ती चौँथो दल बनेको छ । राप्रपा र स्वतन्त्र सांसद १–१ जना छन् ।
सम्बन्धित
Loading...