Skin_Hospital_Dhn

बुढीनन्दा नगरपालिकाको कार्यालयमा आगजनी

बाजुरा ।
बुढीनन्दा नगरपालिकाको कार्यालयमा आगजनी भएको छ।

बिहीबार राति बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिकाको मुलढोका र अगाडि राखिएको जेनेटरमा आगजनी भएको हो। नगरपालिकाको नयाँ भवनअगाडि राखिएको जिआइजेट संस्थाको गाडी तोडफोड भएको छ। रातको समयमा कसले आगजनी गर्‍यो भन्नेबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक सूर्यबहादुर थापाले जानकारी दिए।

नगरप्रमुख जनककुमार बोहोराले नगरपालिकाको राम्रो कामप्रति प्रतिशोध साधेर आगजनी र तोडफोड भएको बताए।

केही महिना पहिला नगरपालिकाको प्रावधिक फाटबाट ल्यापटवलगाएतका समान चोरी भएको थियो। हिजो प्राविधिकतर्फका कर्मचारी परीक्षा थिए। परीक्षामा प्रतिस्पर्धामा आउन नसकेका व्यक्तिले यस्तो गरेको हुन्सक्ने बोहोराले बताए।

उनले भने, ‘हामीले पनि अनुसन्धान गरिरहेका छौँ । यो विषयमा कार्यपालिकाको बैठकबाटै गहन रुपमा छलफल गरेर यो घटनामा संलग्नलाई कानुनी कारबाहीमा ल्याइन्छ।’

सम्बन्धित
Loading...