
मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न प्रदेशका पहाडी भू—भागमा वर्षाको सम्भावना रहेको जनाएको छ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

यतिबेला देशका पहाडी भू—भागमा आंशिक बदली रही तराईका केही भू—भागमा हुस्सु/कुहिरो लागेको अवस्था छ।

आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू—भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै हिमाली भू—भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।
आज राति प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू—भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
