Skin_Hospital_Dhn

सरकारमा जानेबारे एकीकृत समाजवादीले आज निर्णय गर्ने

नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागिताको विषयमा आज टुङ्गो लगाउने भएको छ।

पार्टी कार्यालय आलोकनगरमा बिहान ११ बजे सुरु हुने स्थायी समितिको बैठकले सरकारमा सहभागी हुने÷नहुने वा प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने÷नगर्ने भन्नेबारे निर्णय लिनेछ।

साथै बैठकमा निर्वाचनमा पार्टीले प्राप्त गरेको परिणामको समीक्षा, पछिल्लो पटक विकास भएको राजनीतिक घटनाक्रममा पार्टीले निर्वाह गर्ने भूमिका र आगामी दिनका लागि रणनीति तथा कार्ययोजनालगायतका विषयमा पनि छलफल हुने केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

अध्यक्ष माधवकुमार नेपालले जनवर्गीय सङ्गठनका साथै प्रवासमा रहेका पार्टी निकट सङ्गठन, शुभेच्छुकसँग सुझाव लिइसकेका छन् ।

सम्बन्धित
Loading...