धनगढी । यी दृश्य हुन धनगढीको भूमि सुधार तथा मालपोत कार्यालयको शौचालयका, कार्यालयमा सेवा लिन आउने सेवाग्राहीका लागी बनाइएका शौचालयमा दिशा पिसाब गर्न त परै जाओस् हेर्दै बान्ता अवस्थाका देखिएका छन् । यहाँ नाक ,मुख र आँखा समेत छोपेर जानुपर्ने अवस्था छ ।
छिर्न नसकिने अवस्थामा रहेको पुरुष शौचालय भित्रको ढोका मै पिसाबको बाढी आए जस्तो देखिन्थ्यो । शौचालय भित्र जान नसकेर मुख खुम्च्याउँदै पुरुषहरू बाहिर आएका देखिन्थे ।
अर्को तिर महिला शौचालयको नजारा हेर्दा हामीलाई भिडियो खिच्न र हेर्न समेत लाज लागिरहेको थियो । महिला शौचालयको ढोकामै दिशाको थुप्रोले महिलाहरू हेदै फर्किँदै गरेका देखिन्थे । सेवाग्राही महिलाले भनिन् शौचालयमा बहिरै दिशा पिसाब गरेर दुर्गन्धित छ । शौचालय हेर्दै घिनलाग्दो छ खुट्टा टेक्नेसम्म ठाउँ छैन । दिशा पिसाब लागेको हुन्छ तिन चार घण्टा च्यापेर बस्न पनि सकिन्न पुरुषहरू जहाँनिर उभिएर पनि पिसाब गरिहाल्छन् तर हामी महिलाले के गर्ने ?
बिहानदेखी लाइनमा बसेको अहिलेसम्म काम भएको छैन सरभर डाउन छ बनाउन लागेका छौ भन्छन् तर अहिलेसम्म भएको छैन ।जग्गा रोक्काको लागी आएका घोडाघोडी न.पा. १० पहलमानपुरका सेवाग्राही दीपक बमले बताए ।
कुरा शौचालयको मात्रै होइन सबै अस्तव्यस्त छ । मालपोत कार्यालयमा दैनिक ४ देखि ५ सयको सङ्ख्यामा आउने सेवाग्राहीका लागि एनआईसि एसिया बैंकले जम्मा १ जना कर्मचारी राखेको छ । २-३ घन्टा लाईन बस्ने सेवाग्राही मध्ये बृद्ध तथा अपांगहरुका लागि न छुट्टै लाईनको सुविधा छ न त बस्ने बेन्चको व्यवस्था नै छ ।
यता कार्यालय प्रमुख सुरेन्द्र के।सी। सङ्ग कार्यालयको चर्पी लगायतको व्यवस्थाको बारे कुरा गर्दा उनले शौचालय त्यहाँ मात्र होइन भित्र पनि छ । बुझ्ने मान्छेले भित्र आएर दिशापिशाब गर्छ ,बाहिरको शौचालयले लोड धान्दैन भनेर भित्र शौचालय बनाएको । तर केहि नबुझ्ने मानिसहरुले फेरी एक हप्तामै फोहोर बनाउछन् । साथै दुइ तिन चोटी सफा गर्दापनि फेरी हप्तादिन नबित्दै फोहोर गर्ने कारण सफा नगरेको उनले बताए ।
धनगढीको मालपोत कार्यालय मात्रै नभई जिल्ला प्रहरी कार्यालयको शौचालयको पनि यस्तै हालत छ । बर्सौ देखि सफा नगरेको देखिने यो कार्यालयको चर्पीमा पनि नाक ,मुख र आँखा समेत छोपेर जानुपर्ने अवस्था छ । जिल्ला प्रहरी कार्यालयमा पनि दैनिक एक सयको हाराहारीमा मानिसहरु आउने गर्दछ्न। तेस्रो नम्बर छ धनगढीकै नापि कार्यालय जहाँ अधिकाश भित्तामा गुट्का खाएर थुकेका दृश्य र चारै तिर कुनाकाप्चामा फोहरका थुप्राहरु मजाले देख्न सकिन्छ ।
यहाँका शौचालयको यो दुर्दशा हुनुमा कार्यालय प्रशासन संगै सेवा ग्राही पनि उतिकै जिम्मेवार देखिन्छन् छन् । गुट्का पान खाएर जहाँ पायो त्यहीँ थुक्ने ,सार्वजनिक सम्पत्ति हो भन्ने सोचेर अव्यवस्थित तरिकाले चर्पी प्रयोग गर्दा कार्यालयको शौचालयहरुको यो अवस्था भएको छ ।