नेपालका समर्पण लामाले जिते ‘इन्डियाज् बेस्ट डान्सर ३’ को उपाधि

काठमाडौं: नेपालका समर्पण लामा भारतको डान्स रियालिटी शो ‘इन्डियाज् बेस्ट डान्सर सिजन ३’ को विजेता बनेका छन्। शनिबार भएको फाइनलमा उनले ट्रफीसहित १५ लाख भारू र उनका कोरियोग्राफर भावना खन्डुजाले ५ लाख भारू पुरस्कार जिते।

समर्पणले सिवांशु सोनी, विपुल काँडपाल, अंकित चौहान, अञ्जली मामगाईलाई पछि पार्दै उपाधि जितेका हुन्।

उपाधि जितेपछि समर्पण भने, ‘यो मेरो लागि सपना जस्तै हो। म सधैं रियालिटी शो हेर्थे र कुनै दिन म पनि शोमा सहभागी हुन्छु भनेर सोच्थे। तर कहिल्यै डान्स रियालिटी शो जित्छु भनेर सोचेको थिइनँ।’ जय भानुशालीले होस्ट गरेको शोको निर्णायकमा गीता कपूर, टेरेन्स लुईस र सोनाली बेन्द्रे थिए।

सम्बन्धित
Loading...