आहा रारा पोखरा गोल्डकपः मछिन्द्रलाई हराउँदै चर्च बोइज सेमीफाइनलमा

पोखरामा जारी आहा रारा पोखरा गोल्डकपमा लिगविजेता मछिन्द्र क्लबलाई हराउँदै चर्च बोइज सेमीफाइनलमा पुगेको छ। आज (आइतबार) सम्पन्न क्वार्टरफाइनलमा खेलमा चर्च बोइजले ३–१ को जित निकालेको हो।

गत सिजन बि डिभिजन बाट बढुवा भएर ए डिभिजनमा पुगेको चर्च बोइजले अहिले नेपाली स्टार खेलाडी बटुलेर टिम बनाइसकेको छ। उसले अन्जन विष्ट, अनन्त तामाङ, दिनेश राजवंशीजस्ता राष्ट्रिय टिमका खेलाडी बटुलिरहेको छ।

Kanun123

आजको खेलमा चर्च बोइजलाई जित दिलाउनका लागि आशिष चापागाईंले दुई गोल गरे। भने आशिष चौधरीले एक गोल गरेका छन्। खेलमा मछिन्द्रका सौरभ सुब्बाले एक गोल निर्धारित समयको एक मिनेट बाँकी रहँदा फर्काएपछि खेलको नतिजा ३–१ मा टुंगिएको थियो।

चर्च बोइज क्लबले यो वर्ष पहिलो पटक यो गोल्डकप खेलेको हो। नेपालमा लिगसमेत लगतार सञ्चालन नहुँदा लगातार आयोजना भइरहेको मोफसलको प्रतिष्ठित प्रतियोगिता हो आहा रारा गोल्डकप। अहिले यसमा पोखरा थपिएर आहा रारा पोखरा गोल्डकप भएको छ।

यसअघिको खेलमा धरानलाई हराउँदै विभागीय टिम एफिएफ पनि समीफाइनलमा पुगिसकेको छ। चर्च बोइजले चाहिँ आफ्नो पहिलो खेलमा विभागीय टिम पुलिसलाई हराउँदै क्वार्टरफाइनलको यात्रा गरेका थिए। उक्त खेलमा नेपाली स्टार खेलाडी अन्जन विष्टले डेब्यु गोलसमेत गरेका थिए।

प्रतियोगिताको उद्घाटन खेलमा भने आयोजक सहारा क्लबलाई हराउँदै धरानले विजय निकालेको थियो। अहिले धरान बाहिरिसकेको छ।

Kailali_mahotsab
सम्बन्धित
Loading...