Skin_Hospital_Dhn

टोटनहम घरेलु मैदानमा एस्टन भिल्लासँग पराजित

काठमाडौ ।
इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार (हिजो) राति सम्पन्न खेलमा टोटनहम घरेलु मैदानमा एस्टन भिल्लासँग २–० ले पराजित भएको छ।

जितसँगै एस्टन भिल्ला १७ खेलमा २१ अंक जोडेर १२औं स्थानमा रहेको छ। पराजित टोटनहम समान खेलबाट ३० अंकका साथ पाँचौ स्थामा यथावत छ।

एस्टन भिल्लालाई जित दिलाउन इमी बोन्डिया र डुग्लसा लुइसले समान एक गोल गरे। खेलको ५०औं मिनेटमा इमीको गोलमार्फत एस्टन भिल्लाले अग्रता लिएको थियो।

इमीले ओली वाट्किन्सको पासलाई सदुपयोग गरेका थिए। ७३औं मिनेटमा डुग्लासले गोल गर्दै एस्टन भिल्लालाई २–० को जित दिलाएका हुन्।

Loading...