९ वर्षीया नाबालिकामाथि बलात्कारको प्रयास
धनगढी ।
टीकापुरमा ९ वर्षीया नाबालिकामाथि बलात्कारको प्रयास भएको छ। कैलालीको टीकापुर नगरपालिका वडा नं. ५ का ३० वर्षीय प्रेम शाहीले ९ वर्षीया नाबालिकामाथि बलात्कारको प्रयास गरेको टीकापुर प्रहरी जनाएको छ। इलाका प्रहरी कार्यालय टीकापुरले दिएको जानकारी अनुसार पुस १५ गते राति ती नाबालिकालाई शाहीले घरबाट केराबारी पु¥याएका थिए।
नाबालिकाका आफन्तले घटनाबारे तत्काल थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी घटनास्थल पुग्दा शाही फरार भएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी हेम शाहीले जानकारी दिए । प्रहरीले फरार रहेका शाहीको खोजी गरिरहेको जनाएको छ। नाबालिकाका आफन्तले शाहीविरुद्ध जबर्जस्ती करणी उद्योगमा उजुरी दिएका छन्। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ।