Skin_Hospital_Dhn

पुस २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने

काठमाडौं ।
तेस्रोपटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यहिँ पुस २६ गते विश्वासको मत लिने भएका छन् ।

सोमबार संघीय संसदका महासचिवलाई पत्र लेख्दै प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत लिने उल्लेख गर्दै उक्त दिन प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा समावेश गर्न अनुरोध गरेका हुन् ।

संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । उक्त प्रावधनअनुसार नै प्रधानमन्त्री प्रचण्डले पुष २७ गते विश्वासको मत लिन लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्डलाई ७ दलको समर्थन छ । जसमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसद रहेका छन् । नेकपामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए ।

सम्बन्धित
Loading...