राप्रपाले पृथ्वी जयन्तीमा देशैभर विविध कार्यक्रम गर्ने, पुस २७ मा सार्बजनिक बिदा दिन माग

धनगढी ।
राप्रपाले पृथ्वी जयन्तीमा देशैभर कार्यक्रम गर्ने भएको छ। पार्टीका प्रवक्ता मोहन श्रेष्ठले पृथ्वी जयन्तीमा काठमाडौंसहित देशैभर कार्यक्रम गरिने बताए।

अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा आज पृथ्वी जयन्ती मनाउन गठित तयारी समिति बैठक पनि बसेको थियो।

Gaurishankar Dental

बैठकले देशका ७७ जिल्लामै विविध कार्यक्रम गरेर पृथ्वी जयन्ती मनाउने र काठमाडौंमा भृकुटीमण्डपमा भेला भई सिंहदरबार अगाडिको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने र दिउँसो भृकुटीमण्डप परिसरमा चियापान समारोहको आयोजना गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए।

पृथ्वी जयन्ती समारोहका लागि राप्रपाले अध्यक्ष लिङ्देनको संयोजकत्वमा एक हजार एक सय ११ सदस्यीय मुल समिति र विभिन्न ११ उपसमिति गठन गरेको छ।

नेपाली पहिचान दिने पृथ्वीनारायण शाहको सम्मानमा राज्यको तर्फबाट कुनै कमी हुन नहुने भन्दै राप्रपाले हरेक वर्ष पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई उत्सवको रुपमा मनाउँदै आएको छ।

उक्त दिन सार्वजनिक बिदा दिन सरकारसँग राप्रपाले माग गर्दै आएको छ।

सम्बन्धित
Loading...