आजको मौसम
देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।
पहाडी भू—भागमा आंशिक बदली छ भने तराईमा हुस्सु लागेको छ ।
दिउँसो पहाडी भू—भागमा आंशिक बदली रहने र बाँकी भू—भागमा मौसम सामान्यतया सफा रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।
प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भू—भागका एक—दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
बुधवार प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भू—भागमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ ।
प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भू—भागका एक—दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।