![Skin_Hospital_Dhn](https://nayasandesh.com/wp-content/uploads/2024/06/Skin_Hospital-1.jpg)
इङ्लिस प्रिमियर लिगमा सोमबार राति ब्रेन्टफोर्डले लिभरपुललाई ३–१ गोलको नतिजामा पराजित गरेको छ। ब्रेन्टफोर्डको मैदानमा भएको खेलको १९औं मिनेटमा इब्राहिमा कोनाटेले गरेको आत्मघाती गोलसँगै लिभरपुल पछाडि परेको थियो।
पहिलो हाफको खेल सकिन तीन मिनेट बाँकी रहँदा योआन विसाले गोल गर्दै ब्रेन्टफोर्डको अग्रता दोब्बर पारेका थिए।
एलेक्स अक्स्लेड च्याम्बर्लिनले ५०औं मिनेटमा गरेको गोलसँगै लिभरपुल खेलमा फर्किन खोजेको थियो। तर, ८४औं मिनेटमा ब्रायन एम्बेउमोले गरेको गोलसँगै ब्रेन्टफोर्ड विजयी भयो।
जितसँगै १८ खेलबाट २६ अंक जोडेको ब्रेन्टफोर्ड अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ। समान खेलबाट २८ अंक जोडेको लिभरपुल छैटौं स्थानमा छ।
![](https://nayasandesh.com/wp-content/uploads/2024/12/WhatsApp-Image-2024-12-03-at-6.39.02-AM.jpeg)