आज अत्तरिया–धनगढी ३३ केभी नयाँ लाइनबाट विद्युत चार्ज हुने

धनगढीः अत्तरिया–धनगढी ३३ केभी नयाँ लाइनबाट आज विद्युत चार्ज हुँदैछ । नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले सूचना जारी गर्दै आज विद्युत चार्ज हुने जानकारि दिएको हो ।

कैलालीको अत्तरियादेखि नेपाल विद्युत प्राधिकरण, धनगढी वितरण केन्द्रसम्मको दुरी १३ किलोमिटर छ । विद्युत प्राधिकरण, प्रादेशिक कार्यालय अत्तरियासँग मौजुदा रहेका विद्युत सामाग्री दिनेगरी दुई करोड २२ लाख ८१ हजार रुपैयाँमा यसअघि ठेक्का सम्झौता गरिएको थियो।

१३ किलोमिटरमा नयाँ ३३ केभी प्रसारण लाइन विस्तार गर्न चार करोड ६१ लाख ९३ हजार लगानी अनुमान गरिएको थियो । ६ महिनाभित्र विद्युत लाइन विस्तारको काम सक्ने गरी सम्झौता भएको काम चैतमा पूरा हुने भनिएको भएपनि अहिले आएर पुरा भएको हो । विद्युत चार्जका लागि सबै काम सम्पन्न भएपछि आज मध्यान्ह १२ बजेदेखि अत्तरिया–धनगढी ३३ केभी नयाँ लाइनबाट विद्युत चार्ज हुने भएको हो ।

सो अवधिमा लाइनको पोल, तार, स्टे नछुन, गाइवस्तु नबाध्न तथा सो लाइन वरिपरी नजान प्राधिकरणले एक सुचनामार्फत सबैमा आग्रह समेत गरेको छ ।

सम्बन्धित
Loading...