सुनको मूल्य तोलामा ९ सयले बढ्यो, चाँदी तोलामा १० रुपैयाँले बढेर १४ सय १० रुपैयाँ कायम

काठमाडौं ।
मंगलबार (आज) सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाको १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

Gaurishankar Dental

यसअघि, सोमबार छापावाल सुन तोलाको १ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार १ सय रुपैयाँ निर्धारण भएको छ । तेजावी सुनको भाउ तोलाको १ लाख १ हजार २ सय रुपैयाँ निर्धारण भएको थियो ।

आज मंगलबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १४ सय १० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ १४ सय रुपैयाँ कायम रहेको थियोे ।

सम्बन्धित
Loading...