
धनगढी । कैलाली प्रहरीलाई महिनावारी रकम बुझाउने तस्कर र बुझ्ने प्रहरीको नाम सार्वजनिक गरिएको छ ।
कैलाली प्रहरीलाई महिनावारी रकम बुझाएर खुलेयाम भारतबाट अबैध तस्करी गर्ने गरेको आरोप सहित २० जनाको नाम लिस्ट राखेर पत्रकार महासंघ कैलालीमा उजुरी परेको हो ।
सामाजिक अभियन्ता नामबाट हुलाक मार्फत पठाइएको निवेदनमा जिल्लाको पुर्वी क्षेत्रमा तस्करी गर्ने र प्रहरीलाई महिनावारी रकम बुझाउने गरेको आरोप सहित नाम समेत तोकिएको छ ।


सोमबार पत्रकार महासंघ कैलालीमा हुलाक मार्फत निवेदन पुगेको पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले बताए । पठाउनेमा सामाजिक अभियन्ताको नाम उल्लेख गरिएको उनले बताए । पत्रकार महासंघ कैलालीलाई दिएको निवेदनमा भनिएको छ ,
‘महोदय, हाल आएर कैलाली जिल्लामा तस्करहरुको अखडा बनेको छ । ति तस्करलाई प्रहरीका घुमुवाहरुले संरक्षण दिएको हुनाले कैलालीका सम्पुर्ण नाकाहरुबाट बिभिन्न चोरी तस्करीका समानहरु भित्र्याउनमा प्रहरी नायब निरिक्षक सुनिल चन्द र नन्दराज भट्टले कैलालीका सबै नाकाबाट अशुली धन्दा शुरु गरी कार्यालय प्रमुखहरुलाई पनि कुनै जानकारी नदिई गुमराहमा राखेको र निजमाथी छानबिनगरी आवश्यक कावाृही होस भनी यो पत्र पेश गरेका छौँ ।
चिनिका नाइकेहरुलाई आवश्यक कार्वाही गरियोस, छानबिन गर्दा पुलिस प्रशासनबाट नभई अन्य जनमानसबाट छानबिन होस, हाल आएर प्रत्येक ठाउँबाट पैँसा उठाउने गरेको र निज दुई जनामाथी छानबिन होस भनी यो पत्र पेश गरेका छौँ’ ।
टिकापुर
रतन खत्री २०,०००
दिपक साउँद १५,०००
चिन बहादूर अधिकारी १८,०००
कमल साउँद काम छोडेको
कनक शाही काम छोडेको
भजनी
लोक बहादूर साउँद ३०,०००
सुरेश हमाल ७०,०००
हरि जोशी २०,०००
नन्दु बिक १५,०००
राज कुमार ५,०००
सन्चलाल चौधरी ५,०००
सनु ५,०००
कट्टा ५,०००
हसुलिया र फुलवारी
ओम प्रकाश १५,०००
गोबरैला ५,०००
रामपुर १०,०००
रोशन चौधरी १५,०००
भागीराम चौधरी १०,०००
सागर चौधरी ५,०००
रामचन्द्र चौधरी १०,०००
