Skin_Hospital_Dhn

धनगढीको सौंराइ स्क्वायरमा भएको न्यु इएर इभेन्ट २०२३ मा रमाएका दर्शकहरु (फोटोफिचर)

धनगढी । अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारेर धनगढीको सहिद गेट नजिक रहेको सौंराइ स्क्वायरमा नेपाल आईसको मुख्य प्रायोजनमा न्यू इएर इभेन्ट—२०२३ को आयोजना गरिएको थियो ।

टिकट रकम रु ५०० राखिएको इभेन्टमा ३०० को हाराहारीमा दर्शकहरु सहभागिता रहेको थियो।

गायक धीर विक्रम सिंह र कल्पित हमाल .डी.जे. को विशेष प्रस्तुति ,क्याम्प फायर, रफल कम्पिटीसन, नृत्य प्रस्तुति, सिद्धार्थ अग्रवालको साथमा लाइभ म्युजिक, धनगढी रेकर्ड र्यापरहरु र बिन्दास मोडल सदिक्षा चौधरी र मनीषा सिंहको डान्स सगंै दर्शकहरु झुमेका थिए ।


‘इभेन्ट लाई सभ्य भब्य तरिकाले सम्पन्न गर्न सहयोग गर्न मद्दत गर्ने सम्पुर्ण पाहुना लगायत सुरक्षा निकायलाई बिशेश धन्यवाद दिन चाहन्छु ।हामीले सोचे भन्दा बढी दर्शको सभागिता भएर बिचमै टिकट बन्द गर्ने अवस्था समेत सृजना भयो ‘। सौंराइ स्क्वायरका प्रबन्ध निर्देशक उमेश बिक्रम शाहले भने , इभेन्ट आयोजना गर्नुको मुख्य उद्देश्य स्थानीय कलाकारहरूलाई विशेष प्राथमिकता दिएर उनीहरुलाई प्रोत्साहन गर्नु रहेको उनले बताए ।

 

कार्यक्रमलाई सह प्रायोजक जुरीक भोड्का, ओल्ड मोंक रम र द हिमालयन रिजर्भले गरेका थिए । भने रक स्टार मिडियाले आयोजना गरेको थियो ।

 

सम्बन्धित
Loading...