Skin_Hospital_Dhn

सुदूरपश्चिममा काँग्रेस संसदीय दलको नेतामा ६ जना सांसदको दावी पेस, भोली बिहान सम्म सहमतिका लागि समय

धनगढी ।
सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलको नेता बन्न ६ जनाले दावी गरेका छन् । नेता चयनका लागि नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिले मंगलबार गरेको छलफलमा ६ जना प्रदेश सांसदले दावी पेस गरेका हुन् ।

संसदीय दलको नेताका लागि दावी गर्नेमा प्रदेश महामन्त्री समेत रहेका मेघराज खड्का, बहादुरसिंह थापा, प्रकाश देउवा, शिवराज भट्ट, दिवानसिं विष्ट र कमल शाह रहेका छन्।

१९ जना प्रदेश सांसदसहित नेपाली कांग्रेसले प्रदेश पदाधिकारीको बैठकले भोली बिहान सम्म सहमतिका लागि समय दिएको नेपाली कांग्रेस प्रदेश महामन्त्री नरनारायण शाहले बताए।

सम्बन्धित
Loading...