Skin_Hospital_Dhn

माधव नेपाल नेतृत्वको पार्टिले वाम एकताको पहल गर्ने

काठमाडौं ।
नेकपा एकीकृत समाजवादीले नेपालका वामपन्थीहरूको एकता अभियान सञ्चालन गर्ने भएको छ। काठमाडौंमा सम्पन्न पोलिटव्युरो बैठकले वामपन्थीहरूलाई एक ठाउँमा ल्याउनका लागि अभियान सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता जगननाथ खतिवडाले जानकारी दिए।

उनका अनुसार बैठकले त्यसको जिम्मेवारी सचिवालयलाई दिइएको छ। ‘पार्टीले वामपन्थीहरूसँग एकता गर्ने, सहकार्य गर्ने, उनीहरूलाई एक ठाउँमा ल्याउने विगतमा पनि काम गर्दै आएको हो। यो जिम्मेवारी भोलि पनि पूरा गर्नेछ। पोलिटव्युरोले सचिवालयलाई यस सम्बन्धमा आवश्यक निर्णय गर्न अनुमदति प्रदान गरेको छ। वामपन्थीहरूको एकता अभियान सञ्चालन गर्ने काम अब केन्द्रीय सचिवालयले संयोजन गर्नेछ’ उनले भने।

यद्यपि पार्टी एकीकरणको सवालमा कसैसँग छलफल नभएको उनको भनाइ छ। उनले पार्टी संगठन सुदृढीकरण र सुद्धीकरणको अभियान पनि सञ्चालन हुने बताए। मंसिर ४ गते सम्पन्न निर्वाचनको समीक्षा गर्दै पार्टीले संगठन सुदृढीकरण र शुद्धीकरण अभियान सञ्चाल गर्ने भएको हो। त्यस्तै पार्टीलाई आर्थिक आत्मनिर्भरताको बाटोमा लैजाने विषयमा पनि छलफल भएको प्रवक्ता खतिवडाले बताए।

सम्बन्धित
Loading...