Skin_Hospital_Dhn

पोखरा गोल्डकपः मनाङ मर्स्याङदीलाई १–० गोलअन्तरले पराजित गर्दै भुटानी क्लब सेमिफाइनलमा

धनगढी ।
भुटानी क्लबसँग मनाङ मर्स्याङ्दी क्लब हारेर आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । मनाङ मर्स्याङदीलाई १–० गोलअन्तरले पराजित गर्दै भुटनिज युथ सकर क्लब सेमिफाइनलमा पुगेको छ ।

पोखरा रंगशालामा मङ्गलबार भएको खेलमा भुटनिजले मनाङ मर्स्याङदीलाई १–० गोलअन्तरले पराजित गरेको हो।

भुटनिजको लागि प्रबिन बस्नेतले २२ औँ मिनेटमा गरेको गोल नै निर्णयक बनेको थियो ।

प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । यसअघि संकटा, एपीएफ र चर्च ब्वाइज क्लब अन्तिम चारमा पुगेका थिए ।

सम्बन्धित
Loading...