
अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। पहाडी भू—भागमा आंशिक बदली छ भने तराईमा हुस्सु लागेको छ।

दिउँसो गण्डकी र कर्णाली प्र्देशका पहाडी भू—भागमा आंशिक बदली हुने सम्भावना छ भने बाँकी भू—भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भू—भागका एक—दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राति प्रदेश १ को पहाडी भू—भागमा आंशिक बदली हुनेछ।
बिहीबार प्रदेश १ को पहाडी भू—भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १ को हिमाली भू—भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
