नेपाललाई ठूलो झड्का, दीपेन्द्रले टी–२० विश्वकप छनोट गुमाउने !

काठमाडौं: नेपाली क्रिकेट टिमका स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरीले टी–२० विश्वकपको एसियाली छनोटका सबै खेल गुमाउने सम्भावना बढेको छ। सोमबार सिंगापुरसँगको खेलअघि अभ्यास गर्ने क्रममा ऐरीको गोलीगाँठोमा चोट लागेको थियो।

त्यसैले उनको ठाउँमा सिंगापुरसँगको खेलमा विवेक यादवलाई प्लेइङ ११ मा राखिएको थियो। ऐरीलाई घाइते भएलगत्तै उपचारका लागि मेडसिटी अस्पताल लगिएको थियो। अस्पतालबाट उनी ब्यान्डेज बाँधेर र बैशाखी टेकेर त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा फर्केका थिए।

दीपेन्द्र नेपालका प्रमुख हतियार हुन्। ऐरीले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै विधामा राम्रो प्रदर्शन गर्दै आएका थिए। नेपालका टी–२० आईका सर्वाधिक सफल र उच्च लयमा रहेका दीपेन्द्र नहुँदा नेपाललाई ठूलो झड्का लाग्ने देखिन्छ। पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको नेपालले भोलि दिउँसो सवा १ बजे मलेसियासँग खेल्ने छ।

सम्बन्धित
Loading...