धनगढीः कैलालीको कर्णाली नदीमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको लम्कीचुहा नगरपालिका–३ छतिवन सामुदायिक वनको अगाडि कर्णाली नदीमा २१ वर्षीया युवती रिताकुमारी धमला (रितु) मृत अवस्थामा फेला परेकी हुन् ।
सुर्खेत पञ्चपुरी नगरपालिका–१० नासीकी रितु आइतबार मृत अवस्थामा फेला परेकी हुन् । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
