गौरीगंगा ग्रामीण विद्युत् सहकारीको शुभकामना आदानप्रदान कार्यक्रम

धनगढी: गौरीगङ्गा ग्रामीण विद्युत् सहकारी संस्था समन्वय समिति चौमाला, कैलालीले विजया दशमी, सुभदिपावली तथा छठ पर्व-२०८० को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । चौमालामा एक कार्यक्रममा आयोजना गरी गौरीगङ्गा ग्रामीण विद्युत् सहकारी संस्था समन्वय समितिले सो शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो ।

समितिका संयोजक हेमन्त राज जोशी (बाजे) ले नगर क्षेत्रका ग्रामीण विद्युत् सहकारी संस्थाको विद्युत् महसुल एकरूपता गराउन विद्युत् महसुल समायोजन समितिले पेस गरेको प्रतिवेदन छिटोभन्दा छिटो कार्यान्वयनका लागि प्रमुख अतिथि नगर प्रमुख देवीदत्त कडेँल लाई आग्रह गरेका हुन ।

कार्यक्रम प्रमुख अतिथि रहेका गौरीगङ्गा नगरपालिका प्रमुख देवीदत्त कडेलले सहकारी संस्थाले विद्युत् महसुल समायोजन सम्बन्धी साउन २४ गतेको प्रतिवेदन आफूले बुझेको र अध्ययन गरी सहकारी शाखा सँग समन्वय गरी छिटै नै कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गरे ।

साथै, उनले विद्युत् महसुल एकरूपता ल्याई सकेपछि नगर भित्र कुटानी पिसानी, जोताई, ढुवानी लगायतका कार्यमा एकरूपता ल्याउन आफू लागि परेको र सो समन्वयका लागि समन्वय समिति लाई आग्रह गर्दै धन्यवाद सहित शुभकामना व्यक्त गरेका थिए ।

समन्वय समितिले विद्युत् महसुल एकरूपतामा खेलेको भूमिका अनि योगदान पुर्‍याएको भन्दै विद्युत् महसुल एकरूपता गराउन अघि बढ्न विशिष्ट अतिथि मनु स्मृति ग्रामीण विद्युत् सहकारी संस्थाका अध्यक्ष खगेन्द्र जोशीले ध्यानाकर्षण सहित आग्रह गरे । विजया दशमीको समापन सँगै सुभ दिवपालिको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले एक आपसमा शुभकामना आदान-प्रदान गरेका थिए ।

गौरीगङ्गा ग्रामीण विद्युत् सहकारी संस्था समन्वय समितिका संयोजक हेमन्त राज जोशी (बाजे) को सभापतित्वमा सम्पन्न भएको कार्यक्रम नगर क्षेत्र भित्र रहेका ग्रामीण विद्युत् सहकारी संस्थाका अध्यक्ष, प्रतिनिधि र व्यवस्थापक हरूको उपस्थिति रहेको थियो ।

लाल बहादुर बमले व्यक्त गरेको स्वागत मन्तव्य शुभकामना आदान-प्रदान कार्यक्रमको सञ्चालन समन्वय समिति सदस्य बद्री ओझाले गरेका थिए ।

सम्बन्धित
Loading...