जंगली हात्तीको आक्रमणबाट एकजना गम्भीर घाइते

कञ्चनपुर ।
शुक्लाफाँटा नगरपालिका १२ कुण्डा टोलका अन्दाजी ५० वर्षीय जीतबहादुर भाट जंगली हात्तीको आक्रमणबाट मंगलवार गम्भीर घाइते भएका छन्। गम्भीर घाइते भाटलाई उपचारका लागि धनगढी लगिएपनि त्यहाँ उपचार हुन नसकेपछि बाँकेको कोहलपुर लगिएको छ।

Kanun123

घरमै आएको हात्तीले बिहान कुहिरो लागेका वेला लखेटेर भाटलाई घाइते बनाएको पूर्व वडाध्यक्ष बाले रानाले बताए। भाटको घरको पाली समेत हात्तीले भत्काइदिएको छ।

जंगली हात्ती भगाउन प्रहरी र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको टोली र सर्वसाधारणले प्रयास गरिरहेको वडाध्यक्ष नवलसिंह रानाले जानकारी दिए । गत वर्ष हात्तीले आक्रमण गरी वडा नं १२ का दुईजनाको ज्यान लिएको थियो।

त्यसको अघिल्लो वर्ष वडा नं १ मा एकजनाको हात्तीले आक्रमण गर्दा मृत्यु भएको थियो। यो वर्ष समेत वडा नं ७ सिमलफाँटाकी एक बालिकाको हात्तीले ज्यान लिएको थियो। हात्तीले प्रतिवर्ष भौतिकसँगै मानविय क्षति निम्त्याउँदै आएको छ ।

Kailali_mahotsab
सम्बन्धित
Loading...