Skin_Hospital_Dhn

कैलालीमा तस्करबाट रकम बुझ्ने भनिएका प्रहरी माथि छानविन गरिने

धनगढी । कैलालीमा तस्करबाट रकम बुझ्ने भनिएका प्रहरी माथि छानविन गरिने भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब निरीक्षक(सई) सुशिल चन्द र सहायक हवलदार नन्दराज भट्टमाथि छानविन हुने भएको हो । तस्करीको सामान भित्र्याउने र हप्ता असुल्ने गरेको आरोप पछि उनीहरु दुवै जनामाथि छानविन गर्ने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी) मोहन आचार्यले तस्करी र हप्ता असुलीमा नाम जोडेर दुवै जनाविरुद्ध बेनामी उजुरी परेको विषयमा गम्भीर ध्यानाकर्षण भएको बताए ।

उनले उनीहरुमाथि छानविन गरेर दोषी देखिएको खण्डमा प्रचलित कानून बमोजिम कारवाही गरिने जानकारी दिए । जिल्ला प्रहरीमा कार्यरत उनीहरु दुवै जना प्रहरीमाथि कारवाहीको माग गर्दै पत्रकार महासंघ कैलालीमा उजुरी परेको छ ।

उक्त उजुरीमा विभिन्न व्यक्तिका नाम उल्लेख गर्दै उनीहरुबाट लिएको रकम समेत राखिएको छ । साथै उजुरीमा भजनी, टीकापुर, हसुलिया लगायतका क्षेत्रबाट विभिन्न व्यक्तिसँग हप्ता असुलेको रकम समेत उल्लेख गरिएको छ ।

Loading...