Skin_Hospital_Dhn

आर्यनका फिल्म फ्लप भएतापनि आर्यनको माग भने उस्तै

काठमाडौं ।
फ्लप फिल्मको लिस्टमा अभिनेता आर्यन सिग्देलको शुक्रबार रिलिज भएको ‘डिसेम्बर फल्स’ पनि थपियो ।

आर्यनको कमब्याक फिल्म भनेर चर्चा गरिएको भए पनि यसले अपेक्षा गरिए अनुसराको व्यापार गर्न सकेन । त्यसो त फिल्मको कथामा नै दम नभएको समिक्षकहरुले नै भनिसकेका छन् ।

उपासना सिंह ठकुरीको अभिनयको तारिफ हुँदै गर्दा आर्यनको भूमिकाको खासै चर्चा भएन । यद्यपि, फिल्मका लागि आर्यनले पनि प्रसस्त मेहनत गरेका हुन् । आर्यन स्वयं पनि यो फिल्मको अपेक्षा विपरितको व्यवसायबाट चिन्तित भएको हुनुपर्छ ।

यद्यपि, यो फिल्म हेर्न सिनेमा हलमा अनुमान गरिए जति दर्शक नआए पनि आर्यनको हातमा भने फिल्मको कमि छैन । बुधवारमात्रै मधुसूदन भट्टराईको निर्देशनमा बन्ने फिल्ममा उनी अनुबन्धित भएका छन् । शिर्षक फाइनल नभएको यो फिल्ममा मुकुन भुषाल यसअघि नै अनुबन्धित भैसकेकी छ्न् ।

यसरी हेर्दा आर्यन आफैँमा लक्की कलाकार देखिएका छन् ।

सम्बन्धित
Loading...