
धनगढी ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले सवारी दुर्घटना न्यूनीकरण अभियान सुरु गरेको छ ।


जाडो मौसममा तराईमा लाग्ने हुसु तथा कुहिरोको कारण सवारी दुर्घटना बढ्ने सक्ने सम्भावनालाई मध्यनजर गर्दै पछाडिको सवारी चालकले सहजै अगाडिको सवारी साधन देखुन् भन्ने उद्देश्यले सवारी दुर्घटना न्यूनीकरण अभियान सुरु गरेको हो ।
उक्त अभियान अन्तर्गत कैलाली तथा मातहतका अस्थायी ट्राफिक प्रहरी पोष्ट, गोदावरी, चौमाला, गेटा, सत्ति, जोशीपुर, स्याउले, खानीडाँडा, पहलमानपुर कैलालीले Slow Moving Vehicle (ई-रिक्सा,अटो, ट्याक्टर, ठेलागाडा आदि) र सवारी साधनमा रहेका लाइटहरूको अवस्था बारे चेकजाँच गरिनुका साथै रिफ्लेकटर स्टिकर टाँस गर्ने कार्य सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक वकिल बहादुर सिंहले बताए
मौसम अनुसार यस प्रकारका सवारी दुर्घटना न्यूनीकरण अभियान कैलाली ट्राफिकले समय—समयमा गर्दै आइरहेको छ ।
