Skin_Hospital_Dhn

मतगणनाको माग गर्दै कैलाली ५ मा नाराबाजी

कैलाली क्षेत्र नम्बर ५ मा मतगणना गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि एमालेका कार्यकर्ता र स्वतन्त्र उम्मेदवार समर्थकद्धारा नाराबाजी गरिएको छ ।

दिउँसो १ बजेदेखि मतगणना गर्ने सहमति भएपनि अहिलेसम्म गणना नथालिएको भन्दै नाराबाजी गरेका हुन् ।

सहमतिअनुसार मतगणना नगरिनुमा मुख्य निर्वाचन अधिकृत अर्यालले षड्यन्त्र गरेको भन्दै अर्यालविरूद समेत नाराबाजी गरेका छन् ।

सर्वदलिय बैठकमा सत्तारूढ गठबन्धनले वडागत रूपमा गणना गर्नुपर्ने र एमालेसहित अरु दलहरुले संगोल रूपमा गणना गर्न माग गरेपछि विवाद भएको थियो । सोही क्रममा अर्याल ढलेपछि चिकित्सकलाई बोलाएर स्वास्थ्य परीक्षण गरेका थिए ।

सम्बन्धित
Loading...