आज नेपाली बजारमा सुन र चाँदीको मूल्य घट्यो

काठमाडौंः आज नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।

महासंघले आजका लागि छापावाल सुनको मूल्य तोलामा एक लाख १३ हजार ७ सय र तेजावी सुनको मूल्य एक लाख १३ हजार १५० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य एक हजार ३८० रुपैयाँ कायम भएको छ । शुक्रबार एक हजार ४ सय रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।

सम्बन्धित
Loading...