

धनगढी ।
धनगढीमा अनेरास्ववियुले एसईई दिने तयारीमा रहेका विद्यार्थीका लागि निःशुल्क कक्षा सञ्चालन गर्ने भएको छ ।
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानीमा अनेरास्ववियु धनगढी नगर कमिटिले आउँदो माघ १० गतेदेखि विज्ञान र गणित विषयको निःशुल्क ट्युसन कक्षा सञ्चालन गर्ने भएको छ । नगर अध्यक्ष नितिश जोशीले सर्वहारा र श्रमजीवी वर्गका विद्यार्थीहरुको उज्जवल भविष्यका लागि धनगढीमा विज्ञान र गणित विषयको निःशुल्क कक्षा सञ्चालन गरिने जानकारी दिए ।
अबको पालो शैक्षिक क्रान्तिको भन्ने नाराका साथ कक्षा चलाइरहेको उनको भनाई छ । उक्त कार्यक्रममा सहभागी भएर एसईई परीक्षा दिने तयारीमा रहेको विद्यार्थीले लाभ उठाउन सक्ने जोशीले बताए ।
