Skin_Hospital_Dhn

चार बिहे गरेका, महिलालाई ठग्दै हिंड्ने भट्ट बोराडाडी धनगढीबाट पक्राउ

धनगढी ।
आफ्नो परिचय फरक – फरक बताएर आर्थिक प्रलोभन देखाएर मानिसहरूलाई ठग्दै हिँड्ने पदमराज भट्ट पक्राउ परेका छन् ।

अवस्था अनुसार परिचय परिवर्तन गरेर विशेष गरी महिलाहरूलाई ठग्न सङ्गठित रूपमै लागेका भट्ट धनगढीको बोराडाडी स्थित डडेलधुरा रिमझिम होटेल बाट पक्राउ परेका हुन् ।

उनी कहिले नेपाल बैंकको प्रबन्धक , कहिले प्रहरी अधिकारी त कहिले संयुक्त राष्ट्र संघीय कार्यक्रमको प्रमुख भनेर परिचय दिँदै बा. प्र. ०१०२७ च. ०७२७ नम्बरको स्कारपियो भाडामा लिएर लामो समय देखि ड्राइभरलाई १ लाख रुपैयाँ दिन्छु भनेर साथमै राखेर हिँड्ने गरेका थिए।

अहिले वडा प्रहरी कार्यालय धनगढीको हिरासतमा रहेका पदम राज भट्ट नटवरलाल ले आफूले ठगी गर्दै आएको स्वीकार गरेका छन् ।

हो मैले ४९५ जनालाई ठगेकै हो भन्दै अपराध स्वीकार गरेको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बमले बताए । हामी निरन्तर भट्टको खोजीमै थियौ , अहिले उनी पक्राउ परे अब थप अनुसन्धानको लागि हिरासतमा राखेका छौ निरीक्षक बमले भने ।

उनले अहिलेसम्म डोटी, कैलाली र कञ्चनपुरमा गरी दर्जनौ महिलाहरूलाई ठगी गरिसकेका छन्। महिलाहरूलाई आर्थिक प्रलोवनमा पारेर सङ्गठित रूपमै ठगी धन्दा चलाइरहेका थिए।

यो संगै एकल महिला, लामो समयदेखि श्रीमानबाट टाढा रहेका, क्याम्पस पढ्ने उमेरका युवतीहरूलाई सबैभन्दा बढी ठग्ने गरेका थिए। प्रहरीका अनुसार भट्टले ४ विवाह गरेको खुलेको छ। भट्टले सुदूरपश्चिमबाट करोडौँको ठगी गरिसकेका छन्। दार्चुलाको लेकम गाउँपालिका घर भएका भट्ट धनगढी बस्दै आएका थिए ।

सम्बन्धित
Loading...