बैतडीमा एक महिला चार दिन देखि बेपत्ता

बैतडीः बैतडीमा एक महिला चार दिन देखि बेपत्ता भएकी छन् । जिल्लाको सिगास गाउँपालिका ९ चुवाकी २४ वर्षीया तारादेवी ढाँट (अधिकारी) शनिबारदेखि बेपत्ता रहेकी हुन् ।

उनका श्रीमान दिपक ढाँटका अनुसार यही कार्तिक २२ गते बझाङको बित्थडचीर गाउँपालिका वडा नम्बर ८ धरानस्थित माइती घरमा गएकी तारा शनिबार माइती घरबाट फर्केकी तर उनी घर नपुगी बाटोबाटै बेपत्ता भएकी हुन् ।

माइतबाट घर फर्कीसकेकी तारा घर नपुगेपछि उनको खोजी गरिदिनका लागि परिवारजनले प्रहरीमा सोमबार निवेदन दिएका छन् । बेपत्ता ताराको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए ।

ताराका श्रीमान दिपक ढाँटले कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन आग्रह गरेका छन् ।

सम्बन्धित
Loading...