देउसी–भैलो खेलेर घर फर्कँदा बाटोमा बँदेलले आक्रमण गर्‍यो, एक महिला घाइते

सल्यानः सल्यानमा बँदेलको आक्रमणबाट एक महिला घाइते भएकी छिन् । जिल्लाको कालिमाटी गाउँपालिका–५ हात्तीदमार घर भएकी ३७ वर्षीया दुर्गा दर्लामी मगर हिजो (सोमबार) राति बँदेलको आक्रमणमा परी घाइते भएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी नवीन कार्कीका अनुसार सोमबार राति साथीहरूसँग देउसी–भैलो खेलेर घर फर्कंदा बाटोमा बँदेलले दुर्गालाई आक्रमण गरेको हो । बदेलको आक्रमणबाट उनको दाहिने आँखामा चोट लागेको छ ।

स्थानीय स्वास्थ्यचौकीमा उपचारपश्चात उनी अहिले घरमै स्वास्थ्यलाभको क्रमममा रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...