अछामः अछामको पञ्चदेवलकी महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख भावना कुमारी शर्माको निधन भएको छ । पञ्चदेवल बिनायक नगरपालिका-३ घर भएकी शर्मा नगरपालिकामा बिगत ५ वर्षदेखि महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुखका रूपमा कार्यरत थिइन् ।
उपचारको क्रममा काठमाडौंको ब्लड हस्पिलमा बुधवार बिहान उनको निधन भएको नगरपालिकाकी नगर प्रमुख अम्बिका चलाउनेले जानकारी दिइन् । मृतक शर्माको श्रीमान र एक छोरा छन् ।